साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार परिसूचक नेप्सेमा २० अंकमाथिको गिरावट आएको आएको छ । यस दिन नेप्से सूचक २०.४८ अंकले घट्दै २ हजार ५५६.७६ अंकमा झरेको हो ।
यस दिन ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ बराबरको ९० लाख ३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । २४२ कम्पनीका शेयरमूल्य घट्दा जम्मा ३२ वटा कम्पनीका मात्र शेयरमूल्य बढेको छ ।










