कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो वेदकोट नगरपालिका–७ लालपुरस्थित सडकमा से ६ प २२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वेदकोट नगरपालिका–५ का २४ वर्षीय विक्रम बमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










