स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भई २ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३४.९७ अमेरिकी डलर र चाँदी ६०.७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










