नेपाली कांग्रेसको बुधबारको बन्दसत्र अपराह्न ४ बजे शुरु हुने भएको छ। बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ।

नयाँ नेतृत्व चयनका लागिबिहीबार बिहान ७ बजेदेखि मतदान शुरु गर्ने तयारी छ। यो महाधिवेशनले सभापति १, वरिष्ठ एकसहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन्।

सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ।निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ। निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर