कपिलवस्तु जिल्लाको तिलौराकोटमा अबस्थित शान्तिका प्रतिक मानिने गौतम बुद्ध को जन्मभूमि लुम्बिनी एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो। फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक बर्ष लाखौं मनिसहरु आउँछन।

इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । यो कुराको जानकारी इसाको पाँचौं शताब्दीमा आएका चिनियाँयात्री फाहियान र सातौ शताब्दीमा आएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान आफ्ना यात्रा विवरणहरूमा दिएका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ ।

धार्मिक महत्त्व तथा एतिहासिक पृष्ठभुमि विश्वभरका बौद्द धर्मावलम्बीका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण तिर्थस्थल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर