काठमाडौं मनसुन रोकीएसँगै काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै गएका छन् ।
उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या बढ्दै गएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामीको भिड लाग्ने गरेको छ । अन्य अस्पताल र प्रयोगशालामासमेत डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दै गएको हो ।
अस्पतालको ओपीडीमा दैनिक ३०–४० जना डेंगुसँग मिल्ने लक्षण भएका बिरामी आउने गरेका छन् । परिक्षण गर्न आउने अधिकांशलाई डेंगु पुष्टि हुने गरेको बताइएको छ । पाटन अस्पतालमा एक सातायता ४५ जना डेंगुका बिरामी भर्ना भएको अस्पतालले जनाएको छ ।
डेंगुका बिरामीका कारण अस्पतालमा बेड भरिंदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा पनि पछिल्ला दिनमाम ओपीडीमा आउने बिरामीसँगै भर्ना हुने संख्या बढिरहेको छ ।