युरो कप २०२४ को छनोट खेलमा इटली र डेनमार्क विजयी भएका छन् ।

समूह सीअन्तर्गत भएको खेलमा इटलीले माल्टालाई ४-० ले पराजित गरेको हो । इटलीका लागि डोमेनिको बेरार्डीले दुई तथा जिअकोमो बोनेभेन्टुरा र डेभिड फ्रास्टेरीले एक/एक गोल गरे ।

जितपछि इटली पाँच खेलबाट १० अंक जोडेर समूह सी को दोस्रो स्थानमा उक्लेको छ र शीर्ष स्थानको इंग्ल्याण्डसँग अंकदूरी तीनमा झारेको छ । इटलीले आउने मंगलबार वेम्लीमा इंग्ल्याण्डसँगै खेल्दैछ ।
पाँच खेलबाट १३ अंकसहित इंग्ल्याण्ड शीर्ष स्थानमा छ । ६ खेलबाट १० अंक रहेको युक्रेन तेस्रो स्थानमा छ । १० अंक नै भए पनि गोलअन्तरमा इटली दोस्रो स्थानमा छ ।

यस्तै समूह एचको खेलमा डेनमार्कले कजाखस्तानलाई ३-१ ले पराजित गरेको छ ।

डेनमार्कका लागि रोवर्ट स्कोभले दुई तथा जोनास विन्डले एक गोल गरे । कजाखस्तानका लागि यान भोरोगोभ्स्कीले एक गोल फर्काए ।

जितपछि सात खेलबाट १६ अंक जोडेको डेनमार्क समूह एचको दोस्रो स्थानमा छ । सात खेलबाट समान १६ अंक नै रहेको स्लोभेनिया शीर्ष स्थानमा छ ।

यसैगरी समूह जी को खेलमा हंगेरीले सर्वियालाई २-१ ले पराजित गरेको छ ।

हंगेरीका लागि बर्गाबास भर्गा र रोवर्ट सलाईले एक एक गोल गरे । सर्वियाका लागि स्ट्राहिन्जा पाब्लोभिकले एक गोल फर्काए ।

जितपछि हंगेरी पाँच खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । ६ खेल खेलेको सर्विया १० अंकसहित दोस्रोमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर