
साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । बजार ७०.८१ अंकले बढेर २९३१.६५ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा ११ वटा उपसूचक हरियाली भएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स,जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, शुभम् पावर लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीसहित १ दर्जन कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।