काठमाडौं– प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा ४६.७० प्रतिशत बढी नाफा आर्जन गरेको छ । गत साउनदेखि असोजसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ८० लाख ७४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५१.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

गत असोज मसान्तसम्मा २ खर्ब ७६ अर्ब १४ करोड ८७ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३६ अर्ब ६६ करोड ४२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब ९३ करोड २८ लाख ३६ हजार रुपैयाँ छ ।

बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर