उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भुकम्पपीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम गएको छ।

नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्याहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर