घलेम्दी हाइड्रोपावरले मंसिर १० देखि १ बराबर २ अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने भएको छ ।
कम्पनीले अंकित मूल्य १०० दरले एक करोड १० लाख कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको हो ।ठूलो मात्रामा कम्पनीले हकप्रद सेयर निस्कासन गर्न लागेको छ । पुस १ गतेसम्म लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
२ कात्तिकसम्म कायम सेयरधनीले मात्रै हकप्रदका लागि आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निस्कासनलाई इन्फोमेरिक्सले बी रेटिङ प्रदान गरेको छ ।
प्राप्त रेटिङले वित्तीय दायित्व वहनका लागि कम्पनी जोखिममा रहेको जनाउँछ । कम्पनीले हकप्रदबाट प्राप्त रकम सांगि्रला ऊर्जा लिमिटेडमा लगानी गर्ने जनाएको छ ।
सांग्रिला ऊर्जा कम्पनीले संखुवासभामा छुजुङखोलाको पानी उपयोग गरी ६३ मेगावाट विद्युत् उत्पादन गर्दैछ ।