मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको विदाइ गरिएको छ ।

क्यानले मंगलबार एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको विदाइ गरिएको हो ।

दुबईमा शुक्रबार सुरु हुने एसिया कपका लागि नेपालले शनिबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो।

एक दिवसीय एसिया कप क्रिकेट मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । समूह बीमा रहेको नेपालको पहिलो खेलमा मंसिर १४ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।

प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन्।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल मंसिर २३ गते हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर