
चीन र अमेरिकाले एक अर्कालाई लगाएको भन्सार कर कटाउने भएका छन् ।
बीबीसीका अनुसार चीनले अमेरिकालाई लगाएको र अमेरिकाले चीनलाई लगाएको भन्सार करमा ११५ प्रतिशत कटाउने भएका छन् ।
हाल चीनले अमेरिकालाई १२५ प्रतिशत कर लगाएको छ भने अमेरिकाले चीनलाई १४५ प्रतिशत भन्सार कर लगाएको छ ।
यस्तै दुई देशले ९० दिनसम्म भन्सार कर नलाद्ने पनि निर्णय गरिएको छ । दुवै देशले मे १४ मा संयुक्त वक्तव्य जारी गरेर यसको घोषणा गर्दै छन् ।