साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । लामो समयको अन्तरालपछि लगातार तीन दिन बढेको नेप्से सूचक आज ११.८५ अंकले घट्दै १८ सय ५२.०८ अंकमा झरेको हो ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.३१ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको उपसूचक १.०३ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचकहरु १ प्रतिशत कमले घटेका छन् ।
११ अंकले नेप्से घटेको यस दिन ८३ करोड ६० लाख रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर आज किनबेच भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर