सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर रोयल्सले लगातार चार खेलमा जित निकालेको छ। आइतबार लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले लगातार जित हात पारेको हो। यता लुम्बिनी लायन्स भने लगातार चार खेलमा पराजित भयो।

जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो हुँदा लुम्बिनीको कमजोर भएको छ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र जोड्न सक्यो। लुम्बिनीले अन्तिम तीन ओभरमा पाँच विकेट गुमाउँदा २४ रन बनाउन सकेको थियो। थप दुई रन बनाउन नसक्दा लुम्बिनी लगातार चार खेलमा पराजित भयो।

अन्तिम ओभरमा लुम्बिनीलाई ९ रन चाहिएको थियो। ब्याटिङमा सन्दीपसँगै साद बिन जफर थिए। बलिङमा हर्ष थाकर थिए। पहिलो बलमा जफर  क्याच भए। दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे। तेस्रो बल डट भयो। चौथो बलमा एक रन लिएपछि लुम्बिनीलाई दुई बलमा चार चाहिएको थियो। पाँचौ बलमा जोराले दुई रन लिन सके। अन्तिम बलमा दुई रन चाहिँदा सन्दीप जोरा क्याच भए।

उत्कृष्ट प्रदर्शन गरेका क्यानेडियन अलराउन्डर थाकरले पाँच विकेट लिँदा २३ रन खर्चिए। अन्तिम बलमा आउट भएका जोराले १६ रन जोड्न सके।

त्यसअघि १९औं ओभरको दोस्रो बलमा किशोर महतोले बेन कटिङलाई ३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए। कटिङ छक्का हान्ने चक्करमा आउट भएका थिए। तर ओभरको अन्तिम दुई बलमा सन्दीप जोराले छक्का र चौका प्रहार गर्दा लुम्बिनीलाई राहत भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर