
लगातार बढेको सेयर बजारमा ब्रेक लाएको छ । आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको हो । आज बजार १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।