
प्रसारणमा छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ मा चर्चित हास्य अभिनेता मनोज गजुरेलको प्रवेश भएको छ।
कमेडी दरबार टिमले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो।
महाराजाको भूमिकामा देखिँदै आएका अभिनेता विजय बरालको ठाउँमा मनोजलाई ल्याइएको हो।
विजय अब आगामी एउटा एपिसोडमा मात्र देखिनेछन्। २७ एपिसोडबाट दर्शकले मनोजलाई शोमा देख्न पाउनेछन्।
त्यस्तै, ‘कमेडी दरबार’ को होस्ट पनि परिवर्तन गरिएको छ।