तिहार र छठका कारण सार्वजनिक छुट्टी भएर बन्द रहेको सेयर बजार सोमबारबाट खुलेको छ। करिब ११ दिन पछिको पहिलो कारेबार दिनमा बजारले लय भने लिन सकेन।

कात्तिक २३ गते दोहोरो अङ्कको गिरावटका साथ बन्द भएको बजार चाडबाड सकिएपछिको कारोबारमा पनि स्थिर रहेको छ। सोमबार १८५२ अङ्कबाट कारोबार सुरु भएको पुँजीबजार एक समय १८७२ को विन्दुसम्म पुगेको थियो। यद्यपि पुन: १८५३.४८ अङ्कमा आएर कारोबार टुङ्गियो। समग्रमा सोमबार सेयर बजार परिसूचक (नेप्से) १.३९ अंकले बढ्यो। सेन्सिटिभ इन्डेक्स ०.५० अंकल घट्दा फ्लोट इन्डेक्स ०.१० अंकले बढ्यो। सेन्सिटिभ फ्लोट इन्डेक्स ०.३० अंकले घट्यो।
कारोबार भएकामध्ये ११९ कम्पनीको मूल्य बढे पनि उत्तिकै मात्रामा ११३ कम्पनीको मूल्य घटेको छ। कारोबार भने १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको भएको छ।

उपसूचकहरु भने अधिकांश हरिया बनेका छन्। जसमध्ये धेरै सुधार हुनेमा जीवन बिमा उपसमूह रहेको छ। यो ९४ अङ्कले बढेको छ। त्यस्तै, निर्जीवन बिमा ७१.६७ अङ्क, विकास बैंक करिब ४५ अङ्क, व्यापार ३७ अङ्कले बढेको छ। होटल, उत्पदान, लघुवित्त उपसमूह भने घटेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर