साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज बजार ३२.१४ अंकले बढेर २६९५.५५ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा वृद्धि आउँदा १२ उपसूचक हरियाली भएको छ । आज जोशी हाइड्रोपावरले सर्वाधिक कमाएको छ । कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यसैगरी, दोर्दीखोला जलविद्युतको ६.९४ प्रतिशत, कुमारी सम्वृद्धि योजानको ६.३९ प्रतिशत, तेह्रथुम पावर कम्पनीको ६.२४ प्रतिशत र गुराँस लघुवित्तको ६.१९ प्रतिशतले सेयर मूल्य बढेको छ ।










