साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज बजार २५.३१ अंकले बढेर २७०१.४८ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा वृद्धि आउँदा ११ उपसूचक हरियाली भएको छ । आज बिशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।










