आज चैत २५ गते सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार ३२.४५ अंकले घटेर २६७०.९४ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । आज हिमालयन पावर पार्टनर सेयर सर्वाधिक घटेको छ ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.३५ प्रतिशतले घटेको छ । त्यसैगरी, सम्वृद्धि फाइनान्स कम्पनीको ४.३२ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ४.३१ प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ४.१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।










