
आज चैत २६ गते मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज बजार १.७३ अंकले बढेर २६७१.८० को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा सुधार आउँदा ६ उपसूचक मात्र हरियाली भएको छ । आज बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।