आज चैत २७ गते बुधबार सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । आज बजार १३.९० अंकले बढेर २६८०.५२ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा सुधार आउँदा सबै हरियाली भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।










