नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताका लागि आयोजना गरिएको कार्यक्रमस्थलबाट रेशमलाल चौधरी पक्राउ परेका छन् ।
प्रज्ञा भवन परिसरमा एकता घोषणा कार्यक्रम भइरहेकोमा सादा पोषाकमा आएका प्रहरीले चौधरीलाई पक्राउ गरेका थिए ।
अहिले उनलाई प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको बताइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।
‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौँ,’ उनले भने ।










