नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ बढेको छ। आइतबार तोलामा ११ हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला तीन हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।










