काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। उपत्यकाका तीनै जिल्लासहित बागमती, गण्डकी र मधेस प्रदेशका भूभागहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको वेभसाइटले देखाउँछ।

मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्दै गएकाले पानी परेको बताएको छ। नेपालमा अहिले मुख्यतः पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। सँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रिरहेको छ। यी प्रणालीले गर्दा आइतबार बिहान देशैभरि आंशिकदेखि साधारणतया बदली छ।

अहिले पानी परेको प्रणाली लुम्बिनी र गण्डकीबाटै सुरू भएको मौसमविद् डेविड ढकालले जानकारी दिए। यसले काठमाडौंसहित विभिन्न भूभागमा वर्षा गराएको उनको भनाइ छ। काठमाडौंमा केही बेरपछि पानी रोकिने सम्भावना रहे पनि पुनः पर्ने सम्भावना रहेको उनले बताए।

देशका हिमाली एवम् पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर