साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० कायम भएको छ ।

गत बुधबार सोही परिमाणको पहेँलो धातु  एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी एक हजार ९१० मा खरिदबिक्री हुनेछ ।

गत बुधबार एक तोला चाँदी एक हजार ९६५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर