एयर इन्डियाको जहाज थाइल्याण्डमा आपत्कालीन अवतरण गरेको छ । बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो। ए आई ३७९ विमानमा १५६ यात्री थिए ।
यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडे लगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो ।
भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।
एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरूले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जनाएको छ ।
बिहीबार दिउँसो भारतको अहमदवादबाट बेलायतको लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।










