मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो । बेपत्ता भएकाहरू सबै नेपाली हुन्।

‘हिमपहिरोमा पर‍ेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ ।

हेलिकप्टर पनि गएको छ । एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आयो । अर्को हेलि फेरि पनि जाँदैछ ।’

उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर