असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले  श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनास्थलबाट हतियारसहित  मेखमाया कुमाललाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  श्रीमान्–श्रीमतीबिच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  सूचना अधिकारी  प्रहरी निरीक्षक  झनक  प्रसाद शर्माले बताए । उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर