रौतहटमा आज बिहान बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- २ मा सोमबार बिहान साढे चार बजेतिर काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको हो।

बा.प्र. ०१–००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट करिब सात मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए।

घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ।

घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका बसका चालक प्रहरीको सम्पर्कमा पुगेका छन्।

बसमा सवार अन्य १५ जना यात्रुलाई भने प्रहरीले अर्को बस चढाएर गन्तव्यतर्फ पठाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर