देशभरका मुख्य मल्टिप्लेक्सहरुले फिल्म ‘मोहर’को बुकिङ खुलाएका छन् ।

फिल्म मेकर्स प्रालिको ब्यानरमा चुम्बनजंग शाहीले निर्माण गरेको फिल्मको केही हलले मंगलबार नै बुकिङ खुलाएका हुन् भने केही हलहरूले आजबाट बुकिङ खुलाएका छन् ।

फिल्मलाई इलाइट सिनेमा, इटहरीमा ४ शोज, बीग मुभिजमा २ शोज, क्यूएफएक्स छायामा २ शोज, आईएनआई सिनेमाज लोत्सेमा ३ शोज, आइएनआई सिनेमाज् बाँनेश्वरमा ३ शोज, वान सिनेमाज् नयाँ बानेश्वरमा ४ शोज, वान सिनेमाज् कालिमाटीमा २ शोज मिलेको छ ।

यस्तै फिल्मलाई एफक्यूब हलमा ३ शोज, क्यूएफएक्स राइजिङ मलमा १ शोज, बीएसआर मुभिज गंगबुमा ३ शोज, क्यूएफएक्स भक्तपुरमा २ शोज, क्यूएफएक्स ट्रेड मल पोखरामा ३ शोज, क्यूएफएक्स जलमाले २ शोज, क्यूएफएक्स सिजी मल चितवनमा २ शोज, कावासोती सिनेमाजमा ३, म्याङ्गो जनज्याेति पर्सामा २, क्यूएफएक्स बुटवलमा २, क्यूएफएक्स एपेक्स मल दमौलीमा २, क्यूएफएक्स विराटनगरमा एक, क्यूएफएक्स विर्तामोडमा २, पाथिभरा सिनेप्लाजा विर्तामोडमा २, एसटीसी सिनेमामा २ र सीडीसी सिनेमाज सुनधारामा ४ शोज मिलेको छ ।

फिल्मलाई क्यूएफएक्स लाबिम मलमा २ शोज, क्यूएफएक्स सिभिल मलमा ३, क्यूएफ एक्स दरबारमा १, क्यूएफएक्स सिटी स्वायरमा ३ र क्यूएफएक्स बागेश्वरीमा २ शोज मिलेको छ । अझै थुप्रै मल्टिप्लेक्सले शोज खुलाउन बाँकी छ ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय छ ।  फिल्मले देउकी प्रथाको कथा भन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर