
अभिनेता तेज गिरी र अभिनेत्री विमला लिम्बुको मुख्य भूमिका रहेको फिल्म ‘शिवांश ः च्यापटर १’को छायाङ्कन सकिएको छ । ३६ औँ दिनमा पोखराको पामेमा गीत ‘उकुस मुकुस’को छायाङ्कनसँगै फिल्म सकिएको हो । गीतको कोरियोग्राफी विक्रम चौहानले गरेका थिए ।
अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरबाट निर्माण भएको फिल्मका निर्माता अन्जन केसी हुन्, भने कथा पनि उनैले लेखेका हुन् ।फिल्मको सह निर्माता शोभा केसी र अनिशा केसी बोगटी रहेकी छन् । फिल्म सन्तोष आत्रेयले निर्देशन गरेका हुन् । उनको यो निर्देशनमा डेब्यु फिल्म हो ।
फिल्ममा तेज र विमला सहित प्रवीण खतिवडा, रुशा न्यौपाने, विकास जोशीको मुख्य भूमिका छ । न्ह्यु बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व रहेको फिल्मको छायाङ्कन शरद महतोले गरेका हुन् । फिल्म असोज २४ मा प्रदर्शन लक्ष्य राखिएको छ ।