कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिँदै छ । रथयात्रा दिउँसो ३ बजेदेखि शुरु हुनेछ ।

५८ औँ संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट शुरु भइ विभिन्न चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा आई समापन हुनेछ । नगर परिक्रमा गर्दा ४३ स्थानमा विश्राम लिइनेछ । बर्सौँ पुरानो यो परम्परा विराटनगरको सांस्कृतिक पहिचान पनि हो ।

रथयात्रामा नेपाल भारतका हजारौँ भक्तजन सहभागी हुन्छन् । रथयात्राका लागि प्रदेश सरकारले कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा बिदा दिएको छ ।

२०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा रथयात्राको सुरुवात भएको थियो । त्यसयता निरन्तर रथयात्रा भइरहेको छ ।

रथसँगै खटलाई पनि नगर परिक्रमा गराइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर