अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका-५ केरा घारी नजिक ट्रकको ठक्करबाट चौँरी देउराली गाउँपालिका-८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ ।

पाँचखालतर्फ गइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर