ललितपुर, सिजन मिडियाले विभिन्न व्यावसायीक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।
ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभामुख ईन्दिरा राना मगरलगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा हामा आइरन एन्ड स्टिल इन्डष्ट्रिज प्राइभेट लिमिटेडका अध्यक्ष बालकृष्ण श्रेष्ठ लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित भए ।
यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, प्रभु ईन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त, ओमवे टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सुरेश रिजाल ,नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ,नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित भएका छन्।


यसैगरी जलविद्युत प्रवद्र्धक एवम मादमे खोला हाईड्रोपावर लिमिटेडका अध्यक्ष सुसन कर्माचार्य, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, मोरङ अटो वक्र्सका कार्यकारी निर्देशक मिलनबहादुर मल्ल पनि सम्मानित भएका छन्।
यसैगरी न्यूजपोलार डटकमका प्रधान सम्पादक सुशील अर्याल, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक एवम प्रस्तोता शिवानी थापा बस्न्यात, ह्वाइट कोरल स्पा एकेडेमीका प्रबन्ध निर्देशक कमला गिरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिब शेरबहादुर केसी, व्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनी, गायक तथा संगीतकार शिव परियार पनि सम्मानित भएका छन्।


यसैगरी आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, लक्ष्मी हेयर एण्ड व्यूटी एकेडेमीका अध्यक्ष लक्ष्मी ठाकुर, नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक एवं अध्यक्ष सुकदेव कार्की, नेपाल उद्योग वाणिज्य महासंघ ‘लगानी तथा अन्तर्राष्द्रिय मामिला फोरम’का सभापति मनोज पौडेल, हिमालय एयरलाइन्सका प्रशासन व्यवस्थापक एवम क्याबिन क्रूय सिमान्त श्रेष्ठ सम्मानित भएका छन्।
सम्मानित हुनेहरुमा चेन हुआन, अध्यक्ष, गाओकिङ काउन्टी फोटोग्राफर्स एसोसिएसन, सान्दोङ, चीन , लिङ बोफा (पाध्या), अध्यक्ष, जुबा सप्लाई एन्ड मेन्टिनेन्स कम्पनी, लि।,कम्बोडिया , मासिउर रहमान सुमोन, म्यानेजिङ डाइरेक्टर, होटल इम्पेरियल इन्टरनेसनल, बंगलादेश , मोइनुफ्रिन अहमद, प्रमुख फोटो पत्रकार, दी न्यू नेसन दैनिक, बंगलादेश , मनिमरन एएल सुपिया, संस्थापक, प्रोनेस (प्रमोसनल एसोसिएसन अफ ग्लोबल नेटवर्किङ), मलेसिया, फुन्चो डेन्डुप, प्राविधिक सल्लाहकार, श्रम विभाग, भुटान उद्योग, बाणिज्य तथा रोजगार मन्त्रालय र खुसी कार्की, मेरो डान्स विजेता, थाइल्याण्ड (सिजन १) सम्मानित भएका छन्।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले १७ वर्षको अवधिमा सामाजिक, सांस्कृतिक तथा व्यावसायिक क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्दै आएको बताए । सिजन मिडियाले यस कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका एसियाली मुलुकका २८ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।












