आज वडा दशैंको पहिलो दिन पाल्पाका विभिन्न शक्ति पीठ तथा देवी भगवतीका मन्दिरमा भक्तजन‍‍को भिडभाड बढेको छ ।

भक्तजन बिहानैदेखि नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पूजापाठ तथा देवीको दर्शनको लागि भगवती दुर्गाका मन्दिर पुगेका छन् । पाल्पालीहरूले शुभ साइतमा घरघर, देवीका मठ मन्दिरमा घटस्थापना गरेका छन् ।

जिल्लाको डाडा टाकुरामा रहेका भगवती दुर्गाका मन्दिर सरसफाइ गरी आजदेखि देवीको नित्य पूजा आजा सुरु गरिएको छ । पाल्पामा अधिकांश देवी, भगवती, दुर्गाका मन्दिर, डाँडाको टुप्पोमा निर्माण गरिएका छन् ।

नवदुर्गा सुरु भएपछि भगवती मन्दिरका वरिपरि भक्तजन भजन कृर्तन, दुर्गा तथा चण्डी पाठ गर्दै देवीको आराधनामा जुटेका हुन् । तानसेनको भगवती मन्दिर परिसरमा परम्परागत नेवारी भाषाको डाफा भजनले संस्कृति जोगाएको छ ।

लोपोन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजनलाई संरक्षणको लागि पाका पुस्तासँगै युवाहरू जोडिएका छन् । परम्परागत भजन संस्कृति बुढापाकामा मात्र रहेको अवस्थामा युवालाई समेत डाफा भजनमा सहभागी गराएर तानसेनको पुरानो भजन संस्कृतिको जर्गेनाका लागि सहयोग पुगेको संस्कृतकर्मीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर