काठमाडौं–हेटौंडा जोड्ने दुवै सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा गाडी चलाउन रोक लगाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठकाअनुसार हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिमा गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।,

कान्तिलोकपथमा आज असोज १७ गतेदेखि असोज २० गते अपराह्न ४ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । यसैगरी हेटौंडा–भैंसे–काठमाडौं सडकमा बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जल तथा मौसम विभागले असोज १७ गतेदेखि २० गतेसम्म मकवानपुर जिल्लामा पनि मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरेकाले दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न, खोला तथा नदी किनारमा उच्च सतर्कता अपनाउन, विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर