
स्क्रब टाइफस संक्रमणका कारण सल्यानमा दुई जनाको ज्यान गएको छ। बागचौर नगरपालिका–१ का गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ की ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय, सल्यानले जनाएको छ।
स्वास्थ्यकर्मीका अनुसार दुवै जनालाई शरीर दुख्ने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखा परेको थियो। औषधि सेवन गरे पनि ज्वरो नघट्दा उनीहरूलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो।
त्यसपछि थप उपचारका लागि अस्पताल लगिए पनि उपचारका क्रममा दुवै जनाको मृत्यु भएको हो।