प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

सुरुमा अधिवक्ता प्रेमराज सिलवालले बहस सुरु गरेका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ । इजलासमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर