नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बैठकमा सुरु भएको हो । जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा मुख्य गरी ६ वटा विषयमा छलफल हुनेछ ।

बैठकमा मुलुकको वर्तमान राजनीति, जेनजी आन्दोलन, निर्वाचन तयारी, आन्तरिक सङ्गठन व्यवस्थापन र नयाँ मनोनीत केन्द्रीय सदस्यको शपथ छलफलका एजेन्डा रहेका छन् ।

त्यसबाहेक बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि भएको छलफल र प्रगतिबारे रिपोर्ट पेस गर्नेछ ।

एकीकृत समाजवादीले नेता बेदुराम भुसालको नेतृत्वमा ३ सदस्यीय पार्टी एकता समिति गठन गरेको थियो ।

उक्त समितिले माओवादी केन्द्रसहितका वामपन्थी दलसँग एकताका लागि वार्ता गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर