लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य पदमा कर्मचारी माग गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन आह्वान गरेको हो ।

आयोगका अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आजदेखि मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर