सरकार र दुर्गा प्रसाईँ समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ । वार्तामा प्रसाईँ सहभागी छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा नेतृत्वमा देवी प्रसाद सङ्ग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी छन् ।
खतिवडाले गृहमन्त्री ओम प्रकाश अर्याललाई माग पत्र बुझाएका छन् । त्यसमाथि छलफल जारी छ । सरकारले १८ कात्तिकमा प्रसाईँले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो ।
तर मन्त्री स्तरीय वार्तामा दुर्गा प्रसाईँ सहभागी नभएर खतिवडाको नेतृत्वको टोली वार्तामा पठाएका हुन् । वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरेका छन् ।










