आज मंसिर १० गते, बुधबार, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीहरुले भोली मंसिर ११ गते बुकक्लोज गर्ने भएका छन्।

यसर्थ, आजसम्म कायम शेयरधनीहरुले मात्र यी दुई कम्पनीहरुको साधारण सभामा सहभागिता भाग लिन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनआरएन इन्फ्रास्ट्रक्चर ले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोही प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे वार्षिक साधारण सभा बोलाएको छ।

त्यस्तै, शिवम् सिमेन्टले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावसहित कम्पनीले मंसिर २५ गते, साढे १० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर