साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको छ ।आज बजार १०.४३ अंकले बढेर २६७६.०३ को विन्दुमा कायम भएको हो ।
आजविभिन्न ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बढोत्तरी आउँदा आठ उपसूचक हरियाली भएको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४० करोड १७ लाख ७१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १६ करोड ३६ लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।










