सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सुदूूपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङको निर्णय लिएका हुन् ।

सुदूरपश्चिम लगातार चौथो जितको लक्ष्यमा छ । यसअघि सुदूरपश्चिमले काठमाण्डू गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्सलाई पराजित गरेको थियो ।

यता लुम्बिनी पनि दोस्रो जित चाहन्छ । यसअघि चितवन राइनोजलाई पराजित गरेको लुम्बिनीले कर्णाली र काठमाण्डूसँग हार ब्यहोरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर