पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।
उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनको आजै दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।










