मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज बुधबार औपचारिक घोषणा हुँदैछ ।
उज्यालो नेपाल पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा गर्न लागेको छ घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ ।
सोही कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येयसहितको घोषणापत्र २०८२ समेत सार्वजनिक गरिने बताइएको छ ।
पार्टीले यसअघि मङ्सिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो ।










