हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म बुधबारदेखि पहिलो पटक बस सेवा सुरु भएको हो ।
हुम्ला हिल्सा यातायात प्रा.ली.का सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला‐सुर्खेत, हुम्ला‐नेपालगञ्ज, हुम्लादेखि काठमाडौँसम्म नियमित बस सेवा सुरु भएको हो ।
हुम्लादेखि सुर्खेतसम्म ५ हजार, हुम्लादेखि नेपालगञ्जसम्म ५ हजार, हुम्लादेखि काठमाडौँसम्म ६ हजार ५ सय रुपैयाँ भाडा दर रहेको उनले बताए ।
हिल्सा यातायातले हुम्लाबाट काठमाडौँ र मुगुबाट काठमाडौँसम्म पनि बस सेवा सुरु गरिएको सो प्रा.ली.ले जनाएको छ ।










