नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएको त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु भएको छ । बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा त्रिशूलीको पहिलो कारोबार प्रतिकित्ता २६८ रुपैयाँमा खुला भएको हो ।

नेप्सेले यसअघि कम्पनीको पहिलो कारोबारको लागि ८९.३८ रुपैयाँ देखि २६८.१४ रुपैयाँसम्मको आपेनिङ रेन्ज कायम गरेको थियो ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले आईपीओ निष्कासन गरेको थियो। नेप्सेमा गत मंसिर १२ गते कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर